
पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नं. १ मा नेकपा एमालेका उम्मेदवार गंगानारायण श्रेष्ठ विजयी हुनुभएको छ ।
पर्वतको फलेवास नगरपालिका वडा न. १ थापाठानामा १ मतको अन्तरले एमाले उम्मेदवार श्रेष्ठ वडा अध्यक्षमा विजयी हुनुभएको छ । एमालेका उम्मेदवार श्रेष्ठले गठबन्धनका उम्मेदवार पुर्णबहादुर भण्डारीलाई १ मतले पछि पार्दै विजयी हुनुभएको हो ।
त्यसैगरी नेकपा एमालेको आधार क्षेत्र मानिएको फलेवास नगरपालिका वडा नं. १ कार्किनेटामा नेपाली कांग्रेसले वडा अध्यक्ष जितेको छ । अन्य ४ सदस्य भने एमालेले जितेको छ । ३ मतको अन्तरले कांग्रेसले वडाअध्यक्ष जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेका दिर्घनारायण पौडेललाई कांग्रेसका चोलानाकान्त उपाध्यायले ३ मतको अन्तरले पछि पार्दै निर्वाचन जित्न सफल हुनुभएको हो ।
योसँगै हालसम्म कांग्रेसले २ वटा वडामा वडाअध्यक्षमा जितेको छ भने १३ वटा वडामा एमालेले जितेको छ । अहिलेसम्म १५ वडाको नतिजा सार्वजनिक भएको छ ।
प्रतिक्रिया दिनुहोस्