
सुनसरी । धरान उपमहानगरपालिकाको निर्वाचनमा कांग्रेसले अग्रता कायमै राखेको छ ।
गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयरका प्रत्यासी किशोर राईले २ हजार ३ सय २६ मत प्राप्त गरि अग्रस्थानमा हुनुहुन्छ ।
स्वतन्त्रबाट निर्वाचन लडेका हर्क सम्पाङ्ले एक हजार ५ सय ६९ मत प्राप्त गरि दोस्रो स्थानमा हुनुहुन्छ । एमालेकी मन्जु भण्डारीले एक हजार २ सय ६८ मत प्राप्त गरि स्वतन्त्रका सम्पाङलाई पछ्याइरहनुभएको छ ।
उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघाले २ हजार ४ सय ८० मत प्राप्त गरि अग्रस्थानमा हुनुहुन्छ । एमालेका पदम इस्बोले एक हजार ६ सय ९३ मत प्राप्त गरि बेघालाइ पछ्याइरहनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्