२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


झापाका १६ वडाको मत परिणाम सार्वजनिक, कांग्रेस अगाडि


2.353k
Shares

झापा । झापाका १३१ वटा वडामध्ये १६ वडाको मत परिणाम सार्वजनिक भएको हो ।

८ वटा नगरपालिका सहित १५ वटा स्थानीय तह रहेको झापामा स्थानीय तहको निर्वाचनको मतपरिणामा धमाधम सार्वजनिक भइरहेको छ ।

पछिल्लो मत परिणम अनुसार झापाका १३१ वडा मध्ये १६ वडाको मत परिणाम सार्वजनिक भएको हो । जसमध्ये नेपाली कांग्रेसले धेरै वडामा प्यानल नै जित हासिल गरेको छ ।

कांग्रेसले ९ वटा वडामा जित हासिल गर्दा नेकपा एमालेले ५ वटा वडामा जित हासिल गरेको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले एक/एक वडामा जित हासिल गरेको छ ।

नेपाली कांग्रेसले भद्रपुर नगरपालिका २, कनकाई नगरपालिका ८, अर्जुनधारा नगरपालिका १, कचनकवल गाउँपालिका १, दमक नगरपालिका १०, झापा गाउँपालिका १, कमल गाउँपालिका १ र बाह्रदशी गाउँपालिका १ र २ नम्बर वडा जित हासिल गरेको छ ।

नेकपा एमालेले भद्रपुर नगरपालिका १, कनकाई नगरपालिका ९, शिवसताक्षी नगरपालिका १, दमक नगरपालिका १ र कचनकवल वडा नम्बर २ मा वडाध्यक्ष जित हासिल गरेको हो ।