१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीमा १७ वटा वडाको मत परिणाम सार्वजनिक, माओवादी ९ स्थानमा विजयी


5.772k
Shares

सिन्धुली । सिन्धुली जिल्लाका ७९ वटा वडामध्ये १७ वडामा मत परिणाम आएको छ ।

सो अनुसार नेकपा माओवादी केन्द्रले ९, नेपाली कांग्रेसले ५ र नेकपा एमालेले ३ वटा वडामा निर्वाचत भएका छन् ।

माओवादी केन्द्रले मरिण गाउँपालिका १, २, र ३, गोलन्जोर १, फिक्कल १, घ्याङलेख १ र ५ तथा दुधौली नगरपालिकाको १३ र १४ नं वडामा विजय हासिल गरेको छ ।

यसैगरी नेपाली कांग्रेसले तीनपाटन गाउँपालिकाको वडा नं २, १० र ११, हरिहरपुरगढी २, र गोलन्जोर २ मा विजय हासिल गरेको छ ।

एमालेले हालसम्म हरिहरपुरगढीको २, तीनपाटन १ र कमलामाई नगरपालिकाको ३ नं वडामा विजय हासिल गरेको छ । दुई नगरपालिका र ९ वटा गाउँपालिका रहेको सिन्धुलीका सबै पालिकाहरुमा मतगणना संचालन भैरहेको छ ।