१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुसको चेतावनी बावजुद फिनल्याण्डद्वारा नेटोमा आवद्ध हुने निर्णय


3.705k
Shares

एजेन्सी । फिन्ल्याण्डले एटलान्टिक सहयोग संगठन नेटोमा आवद्ध हुने निर्णय गरेको छ ।

यसअघि स्वीडेनले नेटो गठबन्धनमा सामेल हुने घोषणा गरेपछि फिन्ल्याण्ड पनि नेटो गठबन्धनमा सामेल हुने निर्णय गरेको हो ।

फिनल्याण्डका राष्ट्रपति सउली निनिस्टोले आफ्नो देश नेटोमा आवद्ध हुने घोषणा गरेसँगै फिनल्याण्डका प्रधानमन्त्री साना मरिनले फिन्ल्याण्डको संसदले ऐतिहासिक निर्णयको सन्दर्भमा जिम्मेवार भएर छलफल गर्नेमा आफू विश्वस्त भएको बताउनुभयो ।

फिनल्याण्ड र रुसबीच १७ सय किलोमिटर लामो सीमा जोडिएको छ भने फिन्ल्याण्ड ऊर्जाका लागि रुसमा निर्भर छ । यसअघि रुसले फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल भए बाल्टिक क्षेत्रमा आणविक शक्ति तैनाथ गर्ने बताइसकेको छ भने फिन्ल्याण्ड नेटोमा आवद्ध नहुन चेतावनी दिइसकेको छ ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले छिमेकी राष्ट्र फिनल्याण्डलाई नेटोको सदस्यता नलिन सावधान गर्नुभएको छ । राष्ट्रपति पुटिनले फिनल्याण्डका राष्ट्रपति सौली निनिस्टोलाई टेलिफोन गरी नेटोमा आवद्ध नहुन चेतावनी दिनुभएको हो ।

पुटिनले क्षेत्रीय सुरक्षालाई खतरामा पार्ने काम नगर्न चेतावनी दिनुभएको थियो । सो चेतावनीको वेवास्ता गर्दै फिन्ल्याण्डले गरेको यो निर्णयलाई पश्चिमा राष्ट्रहरुले स्वागत गरेका छन् । फिनल्याण्ड र रुसबीच १७ सय किलोमिटर लामो सीमा जोडिएको छ भने फिनल्याण्ड उर्जाका लागि रुसमा निर्भर छ ।