२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धनकुटामा स्थगित भएको मतदान आज


143
Shares

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका वडा न ६ का ३ वटा मतदान केन्द्रमा आज मतदान भईरहेको छ ।

बैशाख ३० गते स्थगित भएको मतदान आज बिहान ७ बजेबाट सुरु भएको जिल्ला निर्वाचन कार्यलय धनकुटाले जनाएको छ ।

मतदान स्थलमा नेपाल प्रहरी, सशत्र प्रहरी र बाहिरी सुरक्षाका लागि नेपाली सेना समेतलाई परिचालन गर्ने गरि सुरक्षा व्यवस्था मिलाइएको छ ।

वैशाख ३० गते करिब १९ प्रतिशत मतदान भइसकेपछि विवाद हुँदा मतदान स्थगित गरिएको थियो ।