
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (एमाले) ले जितेको छ ।
गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार खिम थापा र उपाध्यक्षमा एमालेकी उम्मेदवार सावित्रा कोइराला विजयी हुनु भएको छ ।
अध्यक्षमा थापाले नेपाली कांग्रेसकी माया रानालाई १ हजार ६४५ मतअन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । थापाले ६ हजार ७०० मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिद्वन्दी कांग्रेसकी रानाले ५ हजार ५५ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा एमालेकी कोइराला विजयी हुनुभएको हो । उहाँले ६ हजार २२३ मत प्राप्त गर्दा उहाँको निकटम प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले ४ हजार ८३९ मत पाउनु भएको छ ।
कालीगण्डकी गाउँपालिकामा १७ हजार ९३८ जना मतदाता रहेकोमा १२ हजार २७१ जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा पनि खिम थापा गाउँपालिकाको अध्यक्षमा विजयी हुनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्