१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै


2.223k
Shares

कैलाली । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले राख्नु भएको अग्रता कायमै छ । शनिबारदेखि मतगणना सुरू भएकोमा हालसम्म ८ हजार ७०० गणना भएको छ । जसमा हमालले ३ हजार ८२९ मत पाउनु भएको छ ।

यस्तै, सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ८५, नेकपा एमालेका रणबहादुर चन्दले ९३७ मत पाउनु भएको हो ।

यस्तै, उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले १ हजार ७६५ मत प्राप्त गरी अग्रतामा रहनु भएको छ । एमालेकी कन्दकला रानाले १ हजार ५४५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार १२२ मत प्राप्त गर्नु भएको छ ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए ।