
विराटनगर । विराटनगर महानगरपालिकाको वडा न. १६ को अध्यक्षमा कांग्रेसका उम्मेदवार उदव भुजेलले विजय हुनुभएको छ ।
विराटनगरमा १६ को मतगणना सकिएपछि एमालेका कुमार मर्जनलाई ६७ मतको अन्तरले पछि पार्दै भुजेलले अध्यक्ष जित्नुभएको हो ।
विजेता भुजेलले ७ सय ५२ मत प्राप्त गर्नुभएको छ ।
भुजेलका निकटतम प्रतिद्वन्दी कुमार महर्जनले ६ सय ८५ मत ल्याउनुभएको छ । भुजेल विराटनगरमा कांग्रेसकातर्फबाट चुनाव जित्ने पहिलो व्यक्ति हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्