१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जाको भीरकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी


559
Shares

स्याङजा । स्याङ्जाको भीरकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा कांग्रेसका गोविन्दकुमार कर्मचार्यले ६ हजार ५०४ मत प्राप्त गरेर विजयी बनेका हुन् । कर्चाचार्यका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका विश्वनाथ अर्याललाई अर्यालले ५ हजार ६६९ मत प्राप्त भएको थियो ।

त्यसैगरी नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसकी भगवती रेग्मी अर्याल विजयी भएकी छिन । अर्यालले ७ हजार १७९ मत प्राप्त गरेर विजयी हुँदा निकटतम प्रतिद्धन्दी सरस्वती अधिकारीले ४ हजार ८९८ मत प्राप्त गरिन् ।

यो नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ गरी आठ वटा वडामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् भने वडा नं ६ मा नेकपा एमाले विजयी भएको छ । भीरकोट नगरपालिकामा २० हजार ४२७ जना मतदाता रहेकोमा १३ हजार १३ जनाले मतदान गरेका थिए ।