७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


मैवाखोला गाउँपालिका अध्यक्षमा माओवादी विजयी


377
Shares

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका विजयप्रकाश वनेम विजयी हुनुभएको छ ।

वनेम २ हजार ६०९ मत सहित पालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्धन्दी नेकपा एमालेका राजन कुमार थक्लुङ ५५७ मत अन्तर सहित पराजित हुनुभएको छ । थक्लुङले २ हजार ५२ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै, पालिका उपाध्यक्षमा गठबन्धनबाटै काँग्रेसका कमलकुमारी लिम्बू २ हजार ५१४ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्धन्दी नेकपा एमालेका कौशिला थक्लुङ ४१३ मत अन्तरले पराजित हुनुभयो । थक्लुङले २ हजार १०१ मत प्राप्त गर्नुभएको जनाइएको छ ।

नेकपा एमाले पार्टीको किल्ला र पवित्र थलोका रुपमा लिने गरिएको मैवाखोलामा स्थानीय तहको पहिलो निर्वाचनमा नेकपा एमालेले जितेको थियो ।