२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सन्दकपुर गाउँपालिकामा कांग्रेसका तुलाराम गुरुङ विजयी


156
Shares

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा गठबन्धनबाट कांग्रेसका तुलाराम गुरुङ विजयी हुनुभएको छ ।

निवर्तमान अध्यक्ष उदय राईलाई पराजित गर्दै गुरुङ विजयी हुनुभएको हो ।

पालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादी पार्टीका हरि लुङ्गेलीले विजय हुनुभएको छ । नेकपा एमालेकी तुलसा ढकाललाई पराजित गर्दै लुङ्गेली विजय हुनुभएको हो ।

गुरुङले ४ हजार २ सय २३ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्दी राईले ३ हजार २ सय ५८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा लुङ्गेलीले ३ हजार ६ सय ३७ मत ल्याउँदा ढकालले २ हजार ९ सय ८६ मत प्राप्त गर्नुभएको छ । इलाममा अहिलेसम्म ३४ वडाको मत गणना सकिएको छ ।