
धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका वडा न. ६ का ३ वटा मतदान केन्द्रमा बैशाख ३० गते स्थगित भएको मतदान सोमबार सम्पन्न भएको छ ।
विवादका कारण स्थगित भएको मतदान सोमबार सकिएको छ ।
२ हजार ५१३ मतदाता रहेको केन्द्रमा १ हजार ८ सय ६० मत खसेको छ । निर्वाचन शान्ति पूर्ण रुपमा सकिएको र शहिदभूमी गाउँपालिकाको मतगणना समेत सम्भवत आजैबाट सुरु गरिने निर्वाचन अधिकृत रुद्रमणी गिरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्