
बैतडी । बैतडीको मेलौली नगरपलिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द विजयी हुनुभएको छ । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको नगरपालिकामा माओवादीले जितेको छ ।
निकटतम् प्रतिस्पर्धी एमालेका जगदीशसिंह नायकलाई पछि पार्दै चन्द मेयरमा विजयी हुनुभएको हो । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका कृष्णसिंह नायकसँग झिनो मतले पराजित हुनुभएको थियो ।
मेयरमा विजयी हुनुभएको चन्दले ३ हजार ९६ मत प्राप्त गर्दा उहाँका निकटम् प्रतिस्पर्धी नेकपा एमालेका जगदीशसिंह नायकले २ हजार ३७६ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा भने नेपाली कांग्रेसकी पार्वती बोहरा बिष्ट विजयी हुनुभएको छ । उहाँले एमालेकी हेमन्ती नायकलाई पछि पार्दै उपमेयरमा विजयी हुनुभएको हो ।
उपमेयरमा विजयी कांग्रेसकी बिष्टले २ हजार ९२७ मत ल्याउँदा एमालेकी नायकले २ हजार ४०८ मत प्राप्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्