१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजेन्द्र महतोको वडामा कांग्रेस विजयी


663
Shares

सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको वडामा नेपाली कांग्रेसका उम्मेदवारले अध्यक्षमा विजयी भएका छन् ।

महतोको घर रहेको बबरगंज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका–२ को वडाध्यक्षमा कांग्रेसका शम्भु प्रसाद साह तेली ६१२ मत सहित विजयी हुनुभएको छ ।

निकटतम प्रतिद्वन्द्वी लोसपाका कामेश्वर साह तेलीले ५४४ मत मात्र प्राप्त गर्नुभएको छ । लोसपाका शम्भुले वडाध्यक्षमा विजय हाँसिल गर्दै कांग्रेसको चारतारे झण्डा फराउन सफल हुनुभएको छ । लोसपा वरिष्ठ नेता महतोको वडामा निकै वर्षपछि कांग्रेसले जीतेको हो ।