
पाँचथर । नेकपा एमालेको गढ मानिएको हिलिहाङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका समरबहादुर अधिकारी विजयी हुनुभएको छ ।
सत्ता गठबन्धबाट उम्मेद्धार बनेका अधिकारीले एमालेका भवनी प्रसाद लिङदेनलाई २१० मतले पछि पार्दै विजयी हुनुभएको छ । अधिकारीले ४५६५ मत प्राप्त गर्नुभयो भने लिङदेनले ४३५८ मत प्राप्त गर्नुभयो । लिङदेन यस अघिका अध्यक्ष हुनुहुन्छ ।
उपाध्यक्षमा नेकपा एकृकित समाजवादीका भवनी प्रसाद लिङदेनलाई २८ मतले हराउँदै एमालेकी सुमित्रा सेढाई विजयी हुनु भएको छ । सुमित्रा सेढाई पनि निर्वतमान उपाध्यक्ष हुनुहुन्थ्यो ।
सेढाइले ४१४६ मत प्राप्त गर्दा लिङदेनले ४११८ हजार मत प्राप्त गर्नुभयो । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालले हिलिहाङमा क्लिनस्विप गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्