१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हालसम्म उपमहानगरको पछिल्लो मत परिणाम यस्ताे छ


1.729k
Shares

काठमाडौं । देशका ११ मध्ये १० वटा उपमहानगरपालिकामा अहिले मतगणना जारी रहेकाे छ ।

पछिल्लो मत परिणाम अनुसार सत्तारुढ गठबन्धनका उम्मेदवारले ६ ठाउँमा अग्रता लिएका छन् । एमालेले दुईवटा उपमहानगरमा अग्रता बनाउँदा दुई ठाउँमा स्वतन्त्र उम्मेदवार अगाडि रहेका छन् । उपमहानगरपालिकाहरु मध्ये हेटौंडामा गठबन्धनबाट उम्मेदवार मिना कुमारी लामाले ५ हजार ४९७ मत ल्याउँदा राप्रपाका दीपक सिंहले ५ हजार २०७ तथा एमालेका अनन्त पौडेलले ४ हजार ५७३ मत पाउनुभएको छ ।

सुनसरीको इटहरीमा कांग्रेसका हेमकर्ण पौडेलले ६ हजार २ मत ल्याउँदा एमालेका यामकुमार सुब्बाले ४ हजार ५९३ मत पाउनुभएको छ । सुनसरीकै धरानमा कांग्रेसका किशोर राई ४ हजार १५६ मतका साथ अग्र स्थानमा रहदा एमाले उम्मेदवार मञ्जु भण्डारीले ३ हजार ४५६ मत पाउनुभएको छ । कैलालीको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ४ हजार ९६४ मतका साथ शीर्ष स्थानमा रहदा कांग्रेसका नृप वड २ हजार ५९१ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

बाँकेको नेपालगञ्जमा कांग्रेसका प्रशान्त विष्टले ८ हजार ३४० मतका साथ अग्रता लिंदा एमालेका पशुपती दयाल मिश्र ४ हजार ३७७ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । बाराको कलैयामा एमालेका विनोदप्रसाद साह ७ हजार २२ मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने कांग्रेसका राजेश राय यादव ४ हजर १९८ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । बाराकै जितपुर सिमरामा माओवादीका राजन पौडेल १० हजार ३१ मतका साथ अग्र स्थानमा रहदा एमालेकी सरस्वतीदेवी चौधरी ७ हजार ६०९ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

रुपन्देहीको बुटवलमा कांग्रेसका खेलराज पाण्डेले ८ हजार ७९३ मत ल्याउदा एमालेका बाबुराम भट्टराई ५ हजार ८५३ मतसहित दोस्रोमा हुनुहुन्छ । दाङको घोराहीमा एमालेका नरुलाल चौधरीले १५ हजार ३५ मत ल्याउदा माओवादीका हेमराज शर्मा १३ हजार १२५ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

यसैगरि धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोकुमार शाह सुडी २ हजार ९०२ मतसहित पहिलो स्थानमा रहदा एमालेका शिवशंकर साह १ हजार १८८ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।