
काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–१३ मा मतदान सुरु भएको छ ।
पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको चुनाव आज मंगलबार बिहानबाट सुरू भएको हो । जिल्ला प्रशासन कार्यालय काभ्रेका अधिकृत रामप्रसाद भट्टराई र मालपोत अधिकृत गंगा पोखरेललाई सहायक मतदान अधिकृतको रुपमा खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वैशाख ३० गते मतपत्र दिने क्रममा विवाद भएपछि स्थगित भएको निर्वाचन जेठ ३ गते गर्ने गरी निर्णय भएको थियो ।
२ वटा मतदान केन्द्र रहेको विद्यालयमा १७ सय ७८ मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्