
स्याङ्जा । फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका घनश्याम सुवेदी पुनः निर्वाचित हुनु भएको छ । अन्तिम मत परिणाम अनुसार सुवेदीले १३२ को मतान्तरले नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई पराजित गर्नुभएको हो ।
सुवेदीले ३ हजार ८३६ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिद्वन्दी कांग्रेसका बरालले ३ हजार ७०४ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ विजयी हुनुभएको छ । उहाँले नेकपा माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई १ हजार ५९९ मतले पछाडि पार्दै उपाध्यक्षमा विजयी हुनु भएको हो ।
गुरुङले ३ हजार ९७८ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका सुवेदीले २ हजार ३७९ मत प्राप्त गर्नुभएको छ ।
पाँचवटा वडा रहेका गाउँपालिकाको वडा नं १, ३, ४ र ५ गरी चारवटा वडामा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् भने वडा नं २ मा एमालेका अध्यक्षका उम्मेदवार विजयी भएका छन् ।
फेदीखोला गाउँपालिकामा १२ हजार १६५ जना मतदाता रहेकोमा ८ हजार १३९ जनाले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्