
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल र मनिषासिंह थारु निर्वाचित हुनुभएको छ ।
अध्यक्षमा पौडेलले १० हजार ११२ मत प्राप्त गरेर विजय हुनुभएको हो भने उपाध्यक्षमा कांग्रेसकै मनिषासिंह थारुले १० हजार १३४ मत प्राप्त गरेर विजय हुनुभएको हो ।
अध्यक्षमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामदास थारुले ९ हजार १४० मत प्राप्त गर्नु भयो । उपाध्यक्षमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी चमेली बागबलले ९ हजार ३४१ मत प्राप्त गर्नुभएको छ ।
बाँकेमा एक उपमहानगर, एक नगरपालिका र ६ गाँउपालिका गरि आठ वटा पालिका रहेका छन् । बाँकी रहेको सात पालिका मध्ये ५ वटामा कांग्रेस र एक एक वटामा जसपा र एमालेले अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्