१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकाको ह्वाइट हाउसमा दोस्रो पटक बुद्ध जयन्ती मनाइयो ( फोटो फिचर सहित )


1.95k
Shares

काठमाडौं । २५६६ औ बुद्ध जयन्ती अर्थात अन्तर्राष्ट्रिय वैशाख डे अमेरिकाको ह्वाइट हाउसमा पनि मनाइएको छ ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् एवं सेकेन्ड जेन्टलम्यान डगलस एम्हफ, थेरवाद, महायान र वज्रयानका बौद्ध भिक्षु तथा गुरुहरुले संयुक्त रूपमा दीप प्रज्वलन गरेर बुद्ध जयन्ती मनाएका हुन् । इन्टनेशनल बुद्धिष्ट एशोसिएसन अफ अमेरिकाका अध्यक्ष वागमो डिक्सेले संयोजन गरेको समारोहमा अमेरिकाका थाई, कोरियन, तिब्बतीयन बौद्ध भिक्षु तथा गुरु र ह्वाइट हाउसका कर्मचारीहरूले बुद्ध बन्दना गरेका थिए । शान्तिदीप बाल्दै सेकेन्ड जेन्टलम्यान एम्हफले कठिन समयमा शान्ति र समुदाय खोज्नु महत्वपूर्ण हुन्छ भन्दै विश्वासले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

अध्यक्ष डिक्सेले अमेरिकी लोकतन्त्रमा तीनै वटा बौद्ध परम्परामा ह्वाइट हाउस भित्र बुद्ध जयन्ती मनाउनु ठूलो उपलब्धि भएको बताउनु भयो ।यसैबीच अमेरिकी राष्ट्रपति जो बाईडेनले बुद्ध जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दे बुद्ध जयन्ती शान्ति तथा न्यायको लागि काम गर्न, हाम्रो साझा मानवतालाई पहिचान गर्न, हाम्रो वरपर रहेको प्रकृतिको सम्मान र संरक्षण गर्न, नम्रता र करुणासहित बुद्धका शिक्षाहरू प्रतिबिम्बित गर्ने समय भएको बताउनु भयो ।

करिब २५ सय वर्ष अगाडि देखि बुद्ध शिक्षाले संसारलाई समृद्ध र बलियो बनाएको भन्दै उहाँले अमेरिकी बौद्धहरूले अमेरिकाको विकासमा योगदान पु¥याएको र साझा मूल्यमान्यताहरूलाई अगाडि बढाएको बताउनु भयो। गत वर्ष अमेरिकी इतिहासमा पहिलो पटक ह्वाइट हाउसमा बुद्ध जयन्ती मनाइएको थियोे ।