६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


स्याङ्जाको आँधीखोला गाउँपालिकामा एमाले विजयी


247
Shares

स्याङ्जा । आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका विश्वनाथ पौडेल र उपाध्यक्षमा एमालेकै सिता थापा विजयी हुनु भएका छन् ।

अध्यक्षमा एमालेका पौडेलले नेपाली कांग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै विजयी हुनुभएको हो ।

पौडेलले ५ हजार १७७ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिद्वन्दी कांग्रेसका पौडेलले ४ हजार ३५१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सिता थापाले ५ हजार २७३ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले ३ हजार ८१७ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकामा ६ वडा रहेको छ । जसमध्ये वडा नं १, २ ४ र ५ गरी चारवटा वडामा एमालेका अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् भने वडा नं ३ र ६ मा कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।

अधिँखोला गाउँपालिकामा १६ हजार २५० जना मतदाता रहेकोमा १० हजार ८२५ जनाले मतदान गरेका थिए ।