
इलाम । चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुङ विजयी हुनुभएको छ ।
केरुङले निकतम प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ओम नारायण खनाललाई दुई हजार आठ सय ९५ मत अन्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
विजयी कांग्रेसका केरुङले छ हजार ६५० मत ल्याउनु भयो भने एमालेका खनालले ३ हजार ७५५ मत ल्याउनु भएको थियो । यस्तै, एकीकृत समाजवादीका नारायण लावतीले ५०५ मत ल्याउनु भएको छ ।
२०७४ को स्थानीय निर्वाचनमा एमाले तर्फबाट निवर्तमान पालिका अध्यक्ष प्रदिप चन्द्र राई सँग राजेन्द्र केरुङले तीन सय ४४ मतको अन्तरले पराजय भोग्नु परेको थियो । उहाँ यस पटक भने भारी मत अन्तरका साथ विजयी हुनुभएको छ ।
गाउँपलिकाको उपाध्यक्षमा एमालेकी दिल कुमारी लिम्बु (लावती) ४ हजार ४५० मत सहित विजयी हुनुभएको छ । निकटतम प्रतिष्पर्धी गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका शुकबहादुर लावतीले तीन हजार ४४२ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्