१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


विराटनगर महानगर अपडेटः कोइराला २ हजार ३३३ सय मतले अगाडि


507
Shares

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्ला कार्कीको निरन्तर अग्रता कायम छ ।

जारी मतगणना अन्तर्गत २८ हजार ७९ गणना हुँदा कांग्रेसका कोइरालाले ९ हजार मत पाउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर कुमार थापाले ६ हजार ६६७ मत ल्याउनु भएको छ । कोइराला २ हजार ३३३ मतले अगाडि छन् ।

यसैगरी, उपमेयरतर्फ एमालेकी कार्कीले ७ हजार १११ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फ जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले ४ हजार ८४५ मत ल्याउनु भएको छ ।

पछिल्लो परिणाममा स्वतन्त्रतर्फ मेयरका उम्मेदवार उमेश यादवले २ हजार ६९० मत ल्याउनु भएको छ । उपमेयरमा स्वतन्त्रकी नमिता न्यौपानेले १ हजार ४४४ मत ल्याउनु भएको छ ।