
बिराज रोस्यारा
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का कर्ण कुँवर विजयी भएका छन् ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर कठरियालाई एक हजार ६५६ मतान्तरले पराजित गरी उनी अध्यक्षमा विजयी भएका हुन ।विजयी कुँवरले पाँच हजार ४८२ र पराजित भएका कठरियाले चार हजार १८६ मत प्राप्त गरे ।
उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गणेशराज गिरी चार हजार ५६९ मत प्राप्त गरेर विजयी भए ।उनले नेकपा (एमाले) का उम्मेदवार इन्दु कठरियालाई ३१४ मतान्तरले पराजित गरे ।
प्रतिक्रिया दिनुहोस्