२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


न्यून तथा मध्यम आय भएका मुलुकमा निजी क्षेत्रको लगानी बढेको विश्व बैंकको तथ्यांक


52
Shares

काठमाडौं । यो वर्ष न्यून तथा मध्यम आय भएका मुलुकमा निजी क्षेत्रको लगानी बढेको छ ।

विश्व बैंकको पछिल्लो अध्ययन अनुसार २०२० को तुलनामा २०२१ मा यी मुलुकहरुमा निजी क्षेत्रको लगानी प्रतिवद्धता ४९ प्रतिशतले बढेर ७६ अर्ब अमेरिकी डलर पुगेको छ ।

निजी क्षेत्रको लगानी बृद्धिलाई २०२१ बाट कोभिडको पछिको पुनरउत्थान सुरु भएको संकेतका रुपमा हेरिएको विश्व बैंकका पूर्वाधार वित्त सम्बन्धी अन्तर्राष्ट्रिय निर्देशक इमद फ्याकहौरेले उल्लेख गर्नुभएको छ ।

तर विश्व अर्थतन्त्रका पछिल्ला चुनौतीहरुको सामनाका लागि निजी क्षेत्रकालाई उत्साहित गराइराख्न भने सामूहिक सहकार्यको आवश्यकता भने रहिरहनेमा पनि विश्व बैंकले जोड दिएको छ ।