१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनगढीमा गोपाल हमाललाई दोब्बरभन्दा बढी मतको अग्रता


1.092k
Shares

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा शनिबारदेखि सुरु भएको मतगणना जारी छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबारसम्म १७ हजार १५९ मतगणना भएको छ ।

दिउँसो ३ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउनुभएको छ ।

उहाँले ७ हजार ८१६ मत पाउँदा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ८७१ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ९२१ मत पाएका छन् ।

हमाल र वडबीच ३ हजार ९४५ मतको अन्तर छ । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ४१६ मतका साथ लिड गरिरहनुभएको छ ।

एमालेकी कन्दकला रानाले ३ हजार ३०७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ९ सय मत पाएका छन् ।