
काठमाडौं । स्थानीय निर्वाचनको रन्कोले यतिबेला सबैलाई छोएको छ । पल–पलका चुनावी अपडेटमा सबैको ध्यान गएको छ ।
काठमाडौं महानगरपालिकाले अबको केही दिनमा नयाँ जनप्रतिनिधि पाउने छ । चुनावको बेला मेयरका सबै उम्मेदवारले काठमाडौंको फोहर व्यवस्थापनलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका थिए ।
यही बेला उपत्यकाका मूख्य सडकहरू फोहोरका डगुंरले भरिभराउ भएपछि हिँडडुल गर्नै मुस्किल भइरहेको छ ।
काठमाडौंको मुख्य सडक र चोकमा थुप्रिएका फोहरले नयाँ मेयर कहिले आउला र मलाई उठाउला भनेर कुरे झैँ लाग्छ ।
मुख्य सडकदेखि भित्री सडकमा फोहरको पहाड नै चुलिएको छ । जसका कारण सवारी साधन गुडाउन पनि कठिन भएको छ ।
पैदलयात्रु नाक थुनेर हिँडन बाध्य छन् । प्रचण्ड गर्मीमा थुप्रिएको फोहर तत्काल व्यवस्थापन नगरे महामारी फैलने जोखिम भएको चिकित्सकको भनाइ छ ।
कतिपय ठाउँमा व्यक्तिको घर र पसल अगाडि फोहर थुपारिएको छ । यसले गर्दा आफूहरूको व्यापार व्यवसायमा प्रतिकुल असर परिरहेको व्यवसायीहरू बताउँछन् ।
उपत्यकाका सडकहरूमा फोहोर थुप्रिनु सामान्य झैँ भइसकेको छ । तर, हरेक निर्वाचनमा उम्मेदवारहरू फोहोरलाइ मोहोर बनाउने एजेन्डा लिएर जनताको घरदैलोमा पुग्छन् ।
अहिले पनि काठमाडौंको जनप्रतिनिधि बन्ने दौडमा रहेका सबैले काठमाडौको फोहोरलाई मोहोर बनाउने र उपत्यकालाई स्मार्ट सिटी बनाउने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्