
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका मुख्य सचेतक जीवनराम श्रेष्ठले गठबन्धनको बारेमा समीक्षा हुने बताउनुभएको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले गठबन्धनले आफ्नो पार्टीलाई खासै प्रभाव नपरेको भन्दै पूरा परिणाम आएपछि यसको समीक्षा हुने बताउनुभयो ।
‘गठबन्धनको खासै राम्रो प्रभाव हाम्रो पार्टीमा परेन,’ उहाँले भन्नुभयो, ‘त्यसकारण सबै ठाउँको परिणाम आएपछि हामीले यसको समीक्षा गर्छौं ।’
श्रेष्ठले लोकतन्त्र, संविधान र राजनीतिक स्थायित्वको लागि गठबन्धनको छुट्टै महत्व रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्