१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचनमा धाँधली भयो, आयोग मुकदर्शक बन्यो : लक्ष्मणलाल कर्ण

भोकमरीको बेलामा जनताले ५/७ दिन राम्ररी खान पाए’

793
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले निर्वाचनमा धाँधली भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै नेता कर्णले निर्वाचनमा धाँधली भएको र निर्वाचन आयोग मुकदर्शक बनेको आरोप लगाउनुभयो ।

आफूहरूले सोचेको जस्तो निश्पक्ष, स्वतन्त्र र धाँधलीरहीत निर्वाचन भएको उहाँको भनाइ छ । त्यसको प्रभाव केही स्थानको मतपरिणाममा देखिएको उहाँले बताउनुभयो ।

‘निर्वाचन धाँधली भयो, निर्वाचन आयोग मुकदर्शक भयो,’ उहाँले भन्नुभयो, नुभयो, ‘हामीले सोचेको जस्तो निश्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन देखिएन ।’

निर्वाचनमा पैसाको प्रभाव देखिएको भन्दै कर्णले भोकमरीको अवस्थामा जनताले केही दिन राम्रोसँग खान पाएको बताउनुभयो ।

‘निर्वाचनमा पैसाको प्रभाव देखियो,’ उहाँले थप्नुभयो, ‘भोकमरीको अवस्थाका केही खान नपाएका मान्छेले ५/७ राम्ररी खान पाए ।’