
काठमाडौं । पूर्व पहाडी जिल्ला ताप्लेजुङमा गठबन्धनका कारण माओवादी केन्द्रलाई फाइदा भएको छ ।
अघिल्लो निर्वाचनमा एउटा पनि पालिका नजितेको माओवादीलाई यसपटक दुई वटा गाउँपालिका उपहार मिलेको छ ।
माओवादीले यसपटक मैवाखोला र फक्ताङलुङ गरी दुई वटा गाउँपालिका जितेको छ ।
मैवाखोलामा विजयप्रकाश वनेम र फक्ताङलुङमा राजन लिम्बु विजयी भएका छन् । जबकि अघिल्लो निर्वाचनमा यी दुबै गाउँपालिका एमालेले जितेको थियो ।
मैवाखोलाको हकमा अघिल्लो निर्वाचनमा माओवादी तेस्रो दल बनेको थियो । मैवाखोलामा यसपालि माओवादी, कांग्रेस र एकीकृत समाजवादीबीच चुनावी तालमेल थियो ।
यसअघिको निर्वाचनमा फक्ताङलुङमा माओवादीले जम्मा ८२८ मत ल्याएको थियो दोस्रो मत रहँदारहँदै पनि कांग्रेसले अध्यक्षको टिकट थमाइदिँदा त्यसको फाइदा माओवादीले लियो । यसपटक माओवादीबाट फक्ताङलुङमा राजन लिम्बु २६ सय ६० मतसहित निर्वाचित हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्