
रौतहट । जिल्लाको दुर्गा भगवती गाउँपालिकाको प्रमुख पदमा नेकपा माओवादीका शम्भु सिंह विजयी हुनुभएको छ ।
सिंहले ४ हजार २ सय ४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका अरुण साहले २ हजार ९ सय ८२ मत प्राप्त गर्नुभएको हो ।
यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका शिलादेवी २ हजार ६ सय ७९ मतले विजयी हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसका मञ्जु देवीले २ हजार ३ सय ५७ मत प्राप्त गर्नुभएको हो ।
यस्तै दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर १ र २ बाट नेपाली कांग्रेसको प्रधुम्न चौधरी र सुरेश चौधरी निर्वाचित भएका छन् । दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ३ को अध्यक्ष पदमा नेकपा माओवादीका धर्मेन्द्रकुमार बिजयी हुनुभएको छ ।
यस्तै नेकपा (माओवादी केन्द्र)को तर्फबाट वार्ड नम्बर ४ मा रामानन्द प्रसाद यादव, यस्तै वडा नम्बर ५ मा नेपाली काग्रेसका धर्मानाथ चौधरीले विजय हासिल गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्