२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बर्दियाको मधुवनमा मेयर–उपमेयरमा कांग्रेस विजयी


338
Shares

बर्दिया । जिल्लाको मधुवन नगरपालिकामा नेपाली कांग्रेसका विजयी भएको छ ।

८ हजार ७ सय ५८ मत प्राप्त गरी तेजबहादुर भाट विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका लक्ष्मीप्रसाद शर्माले ७ हजार ९ सय ३१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, उपप्रमुखमा कांग्रेसकै अनिता चौधरीले ८ हजार ३ सय ३५ मत प्राप्त गरी विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी सुभद्रा थारुले ७ हजार ८ सय ९९ मत प्राप्त गर्नुभयो