२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


रुपन्देहीको कन्चन गाउँपालिकामा कांग्रेस विजयी


338
Shares

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिकामा नेपाली कांग्रेसका नवराज ढकाल र उपाध्यक्षमा मौसमी थापा मगर विजयी हुनुभएको छ ।

मंगलबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार ढकाल १० हजार १ सय ४१ मतसहित विजयी हुनुभएको हो ।

यस्तै, उपाध्यक्षमा मगरले १० हजार २ सय ८४ मतसहित विजयी हुनुभएको हो ।

अध्यक्षमा ढकालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिनानाथ आचार्यले ९ हजार ११ मत ल्याउनुभएको थियो भने उपाध्यक्षमा एमालेकै ओमकली राहादीले ८ हजार ८ सय ३९ मत ल्याउनु भएको थियो ।

१६ स्थानीय तह रहेको रुपन्देहीमा कन्चनको नतिजा सबैभन्दा पहिले आएको हो ।