
इलाम । इलाम नगरपालिकामा नेपाली कांग्रेसको बिरासत फर्किएको छ । नेपाली कांग्रेसका नेता केदार थापा इलाम नगर प्रमुखमा निर्वाचित हुनु भएसंगै ३ दशक अघिबाट गुमेको इलाम नगरपालिकामा आफ्नो बिरासत फर्किएको हो ।
पुर्व–राज्यमन्त्री केशव थापाले २०४९ सालमा कायम गर्नु भएको कांग्रेसको विरासत त्यस यता गुमेको थियो । थापाले मेयरमा १३ हजार १६५ मत प्राप्त गर्नुभयो भने उपमेयरमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले १३ हजार ५४२ मत प्राप्त गरेर उपमेयरमा निर्बाचित बन्नुभएको छ ।
मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५८७ मत ल्याउनुभयो । त्यस्तै, उपमेयरमा एमालेकै सीतादेवी रिजालले १० हजार ८८ मत ल्याउनुभएको छ । १२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ ।
२०४९ सालमा साविकको इलाम नगरपालिकामा बडा नं नौ को वडा अध्यक्ष बन्नुुभएको थापाले २०७९ मा नगर प्रमुखमा निर्बाचित भएर कांग्रेसको ३० वर्ष पुरानो विरासत लाई पुनः पहिलैको अवस्थामा ल्यााउनुभएको हो । यसअघि इलाम नगरपालिकामा एमालेले विजयी हासिल गरेको थियो ।
इलाम नगरपालिका नेकपा एमालेका नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको गृह नगरमा हो भने पूर्व प्रधानमन्त्री झलनाथ खनालको समेत गृह नगर यही नै हो ।
प्रतिक्रिया दिनुहोस्