६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा कांग्रेस विजयी


195
Shares

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा कांग्रेसमा प्रकाश तिवारीले प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका चिनमाया गुरुङ्लाई १ हजार ९ सय ४४ मतले पछि पार्दै निर्वाचित हुनुभएको हो ।तिवारीले ५ हजार २९१ मत ल्याउँदा गुरुङले ३ हजार ३४७ मत ल्याउनु भएको छ ।

यस्तै, उपप्रमुखमा पनि कांग्रेसकै सपना गुरुङ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका टंकप्रसाद खनाललाई पछाडि पार्दै निर्वाचित हुनुभएको हो । गुरुङले ४ हजार ८२७ मत ल्याउँदा खनालले ३ हजार ७६७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, अर्जुनचौपारीका वडामा पनि कांग्रेसकै बहुमत रहेको छ । वडा नम्बर १, २, ३, ४ र ५ कांग्रेसले जित हासिल गरेको छ । वडा नम्बर ६ मा नेकपा एमाले जित हासिल गरेको छ ।