
पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका उम्मेद्वार धनराज आचार्यले १ हजार ९४५ मत अन्तरले अग्रता लिनु भएको छ ।
३४ हजार ६१३ मतगणना हुँदा आचार्यले १४ हजार ३६२ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले १२ हजार ४१७ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी राप्रपाका शंकर खनालले १ हजार ४८३ मत पाउनु भएको छ भने स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल गनेशले ८१५ मत प्राप्त गर्नु भउको छ ।
उपमयेरमा गठबन्धनकोतर्फबाट कांग्रेसकी कोपिला रानाभाटले १४ हजार ६८५ मत प्राप्त गर्नुभएको छ । उहाँलाई एमालेकी मञ्जुदेवी गुरुङले १४ हजार २७५ मतसहित पछ्याइरहनु भएको छ । उहाँहरुको मत अन्तर ४ सय १० रहेको छ ।
प्रतिक्रिया दिनुहोस्