१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कपिलवस्तुको कृष्णनगरमा कांग्रेसको अग्रता, ३ सय ५३ मतान्तर


182
Shares

कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकाको प्रमुखमा नेपााली कांग्रेसका रजतप्रताप शाहले अग्रता कायम गर्नुभएको छ ।

वडा नम्बर १ देखि ७ सम्मको वडाको पूर्ण मतपरिणाम र वडा नम्बर ८ को १ हजार १ मत गन्दा मेयर पदमा कांग्रेसका शाहले २ हजार ९२९ मत ल्याउनुभएको छ ।

यस्तै उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक रजौरियाले २ हजार ५७६ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीच ३ सय ५३ मतान्तर छ ।

नेकपा (एमाले)का तर्फबाट मेयरका उम्मेदवार कुनालप्रताप शाहले २ हजार १४५ मत ल्याउँदा नेकपा (माओवादी केन्द्र)का जावेद आलम खाँले २ हजार १५१ मत प्राप्त गर्नुभयो ।

यस्तै, उपमेयरमा कांग्रेसकी आरतीदेवी चौधरीले ३ हजार २४४, एमालेकी विमलेश मौर्याले १ हजार ८२७ र जसपाकी आरतीसिंह यादवले १ हजार ७९२ मत ल्याउनुभएको छ । माओवादी केन्द्रकी पुष्पा तिवारीले १ हजार २५९ मतले पछ्याइरहेकी छन् ।

यस्तै, वडा नम्बर ८ को १ हजार १ मत गणना गर्दा नेकपा (माओवादी केन्द्र)ले २ सय ५८, नेकपा (एमाले)ले १ सय ३५ र जनता समाजवादी पार्टीले ७९ मत ल्याएका छन् ।