२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


पोखराको मतगणना स्थलमा एमालेको नाराबाजी


975
Shares

पोखरा । पोखरा महानगरपालिकाको मतगणना स्थलमा नेकपा (एमाले)ले नाराबाजी गरेको छ ।

चुनावमा धाँधली भएको भन्दै मतगणना भइरहेको स्थल जिल्ला समन्वय समितिको परिसरमा एमालेले नाराबाजी गरेको हो ।

नाराबाजी बढ्दै गएपछि प्रहरीले बल प्रयोग गरेको छ । मतगणना जारी रहेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ७ को मत गणनामा विवाद भएपछि बाहिर निस्केर नाराबाजी गरेका हुन् ।

मत गणनामा गठबन्धन दलका प्रतिनिधि र एमालेका कार्यकर्ताबीच भनाभन भएपछि बाहिर निस्केका थिए । अन्य वडाको मतगणना भए पनि ७ नम्बर वडाको गणना भएको छैन ।