१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिदिम नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द विजयी


156
Shares

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार पृथ्वी लावतीलाई ६०१ मत अन्तरले हराउँदै उहाँ फिदिमको विजयी हुनुभयो । काफ्लेले ९ हजार ६२८ मत प्राप्त गर्दा लावतीले ९ हजार २७ मत प्राप्त हुनुभयो ।

यस्तै, उपमेयर पदमा नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने निर्वाचित हुनुभयो । राप्रपाका जगत थापा मगरलाई ३१९५ मतको फराकिलो अन्तरले हराउँदै न्यौपाने उपमेयर पदमा निर्वाचित हुनुभएको छ । न्यौपानेले ८ हजार ७७३ मत पाउँदा थापाले ५ हजार ५७८ मत पाउनुभएको हो ।

१४ वटा वडा रहेको फिदिम नगरपालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसले ९ वटा वडा सहित मेयर र उपमेयर जितेको थियो ।

यस पटक कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेका थिए भने एमालेले राप्रपा र जनता समाजवादीसँग तालमेल गरेको थियो ।

यहाँका ८ मध्ये कांग्रेसले फिदिम नगरपालिकाको मेयर सहित फालेलुङ, हिलिहाङ, कुम्मायक, तुम्वेवा र फाल्गुनन्द गरी ६ वटा स्थानीय तहको प्रमूख तथा मिक्लाजुङ गाँउपालिकाको उपप्रमूख पदमा जितेको छ भने माओवादी केन्द्रले मिक्लाजुङ गाँउपालिकाको प्रमुखसँगै फाल्गुनन्द, तुम्वेवा, कुम्मायक र फालेलुङमा उपप्रमूख जितेको छ ।

एमालेले याङवरक गाँउपालिकामा प्रमुख र उपप्रमुखसँगै हिलिहाङको प्रमूखमा जितेको छ । फिदिम नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै अब जिल्लामा मतगणना पनि सकिएको छ ।