१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाल्पामा ९ पालिकाको मत परिणाम सार्वजनिक, एउटामा जारी


754
Shares

पाल्पा । जिल्लाको १० पालिकामध्ये ९ वटा पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक मत परिणामअनुसार नेकपा (एमाले)ले ५ अध्यक्ष ४ उपाध्यक्ष जित्न सफल हुँदा नेपाली कांग्रेसले २ प्रमुख, १ उप–प्रमुख, १ अध्यक्ष र १ उपाध्यक्षमा विजयी भएको छ ।

नेकपा (माओवादी केन्द्र)ले भने एक अध्यक्ष र एक उपाध्यक्षमा चित्त बुझाएको छ ।

एमाले निस्दी र पुर्वखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित सम्पूर्ण वडामा प्यानलसहित विजयी भएको छ ।

तिनाउँ गाउँपालिकामा अध्यक्ष सहित ४ वटा वडा, माथागढी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडा र बगनासकाली गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडामा एमालेले जित हासिल गरेको छ ।

कांग्रेसले रामपुर नगरपालिकामा प्रमुख र उप–प्रमुखसहित ७ वटा वडा, तानसेन नगरपालिकामा प्रमुख सहित ८ वटा वडा र रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष सहित ४ वटा वडामा जित निकालेको छ ।

माओवादी केन्द्रले रिब्दीकोट गाउँपालिकामा अध्यक्षसहित १ वडा, रैनादेवीछहरा गाउँपालिका उपाध्यक्ष सहित २ वटा वडा र तानसेन नगरपालिकामा नगर उप प्रमुखसहित २ वडामा आफ्नो बर्चश्व जमाएको छ ।

पाल्पाको २ वटा नगरपालिका ८ गाउँपालिका गरी १० पालिकामा मध्ये ८ वटा पालिकामा सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । बगनासकाली गाउँपालिकामा मतगणना भइरहेको छ ।

रम्भा गाउँपालिकाको वडा नंं ५ ताहुका खसेको मत भन्दा मतपरिणाम संख्या बढी भएपछि विवाद हुँदा मतगणना स्थगित भएको छ ।