१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरमा हमालकाे अग्रता कायमै


793
Shares

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १३ हजार ८ सय बढी मतका साथ अग्रता कायम गर्नुभएकाे छ ।

कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबारसम्म ३० हजार ६९८ मतगणना भएको छ। आज (बिहिबार) बिहान सार्वजनिक गरिएको मत परिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १३ हजार ८ सय २३ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे ।

त्यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ६ हजार ७ सय ७२ र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार २१७ मत प्राप्त गर्नुभएकाे छ। हमाल र वडबीच ७ हजार ५१ मतको अन्तर रहेकाे छ।

त्यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६ हजार १ सय ८१ मतका साथ अग्रता कायम गर्नुभएकाे छ । नेकपा एमालेकी कन्दकला रानाले ५ हजार ४ सय ५५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार ३ सय ५७ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै राप्रपाका उम्मेदवारले २ हजार १ सय ९४ मत प्राप्त गर्नुभएकाे छ । अहिलेसम्म वडा नम्बर १, २, ३, ४, १७, १८ र १९ को मतगणना सम्पन्न भएको छ।

गत वैशाख ३० गते शुक्रबार भएको स्थानीय तहकाे निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १ सय ५१ मतदातामध्ये ६३ हजार ७ सय १५ जनाले मतदान गरेका थिए।