
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह १० हजार ६ सय बढी मत अन्तरले अग्रता कायम गरिहनुभएको छ।
आज (बिहीबार) बिहान ९ बजेको मत परिणाम अनुसार शाहले २१ हजार ६ सय २२ मतसहित अग्रता लिईरहनुभएको हो। उहाँलाई नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ११ हजार ३६ मतसहित पछ्याई रहनुभएको छ। सत्ता गठबन्धनबाट मेयरकाे उम्मेदवार बन्नु भएकी सिर्जना सिंहले १० हजार २ सय ६७ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले फराकिलो मत अन्तर बढाई रहनुभएको छ। उहाँले १९ हजार ९ सय ५६ मतसहित अग्रता लिंदा सत्ता गठबन्धनका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले ६ हजार ३ सय १६ मतसहित पछ्यारई रहनुभएको छ ।
त्यस्तै, साथै राप्रपाकी बिनिता मगैयाले ३ हजार ४ सय ४९ प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्