
काठमाडौं । साउदी अरेबिया र अस्ट्रेलियका लागि प्रस्तावित राजदूतहरूले आफ्ना योजनाको बारेमा जानकारी गराएका छन् ।
साउदी अरेबियाका लागि प्रस्तावित राजदूत नवराज सुवेदीले साउदी अरेबियामा आफ्नै राजदूतावास भवन निर्माण गर्ने कार्यमा जोड दिने बताउनुभएको छ ।
बिहीबार संसदीय सुनुवाइ समितिको सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, कार्य क्षमता र कार्ययोजना पेश गर्दै प्रस्तावित राजदूत सुवेदीले साउदी अरेबियामा अध्ययन गर्न जाने विद्यार्थीहरूको छात्रवृत्ति कोटा बढाउन पहल गर्ने बताउनुभएको हो ।
उहाँले साउदी अरेबियासँगको सम्बन्धलाई थप सुदृढ बनाउने र लोकतान्त्रिक मानव अधिकारको पक्षमा पनि कुरा राख्ने बताउनुभयो । जलवायु परिवर्तनको सम्बन्धमा पनि इन्टरनेशनल फोरम र साउदी अरेबियासँग छलफल गर्ने उहाँको भनाइ छ ।
त्यस्तै अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत कैलाशराज सुवेदीले दुवै देशको उच्चस्तरीय भ्रमण गराउन पहल गर्ने बताउनुभयो । उहाँले व्यापार अभिवृद्धि र लगानी अभिवृद्धिका बारेमा विशेष पहल गर्ने कार्ययोजना रहेको जानकारी गराउनुभयो ।
प्रस्तावित राजदूत पोखरेलले नेपाल र अष्ट्रेलियाबीच सिधा वायु सेवाको बारेमा पनि विशेष पहल गर्ने बताउनुभयो । उहाँले पर्यटकहरू र नेपाली विद्यार्थीहरूलाई यसले धेरै सहयोग पुग्ने बताउनुभयो ।
अष्ट्रेलियाले केही देशहरूमा विद्यार्थीहरूलाई कृषिमा भिसा दिइरहेकाले नेपाली विद्यार्थीहरूलाई पनि भिसा दिन विशेष पहल गर्ने बताउनुभयो ।
प्रस्तावित राजदूत पोखरेलले अष्ट्रेलिया आसपास रहेका स–साना (भानुआटु, टुभालु, सोलोमन, आइल्याण्ड र सामोआ) जस्ता राज्यका विद्यार्थीहरूलाई नेपालमा अध्ययनको लागि केही छात्रवृत्ति दिएर सम्बन्ध बिस्तार र सुधार गर्ने योजना रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्