१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवलपरासीको प्रतापपुरमा कांग्रेस विजयी


117
Shares

परासी । नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्ष पदका उम्मेदवार उमेशचन्द्र यादवले जनता प्रगतिशिल पार्टी(जप्रपा)का करम हुसेन मियाँलाई २२ सय मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।

यादवले ६ हजार ८ र मियाँले ३८ सय ८ मत पाएका हुन् । उपाध्यक्षमा निर्वाचित मानकुमारी चौधरीले जप्रपाकी उम्मेदवार अञ्जुकुमारी चौधरीलाई १६ सय ४६ अन्तरले पराजित गर्दै विजयी भएकी हुन् ।

निर्वाचित अध्यक्ष चौधरीको ५८ सय ५५ र पराजित चौधरीको ४२ सय ९ मत छ । पराजित चौधरी यसअघि कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । टिकट नपाएपछि चौधरी जप्रपाबाट चुनाव लड्नुभएको हो ।

यसैबीच ९ वटा वडा रहेको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसले ४, राप्रपाले २ र एमाले, माओवादी केन्द्र र जप्रपाले १/१ वडाध्यक्ष जितेका छन् ।