२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सर्लाहीमा लोसपाले खाता खोल्यो, सांसदबाट राजीनामा दिएका कुशवाह पराजित


637
Shares

सर्लाही । जिल्लाको गोडैता नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार विजयी हुनुभएको छ ।

गोडैताको जितसँगै सर्लाहीमा लोसपाले खाता खोलेको हो । गोडैता नगरपालिकामा दोस्रो कार्यकालको लागि पुनः मेयर पदमा देवेन्द्र कुमार यादव र उपमेयरमा अंजना कुशवाह विजयी भएका हुन् ।

नगर प्रमुखमा निर्वाचित यादवले ५ हजार २ सय ९४ मत प्राप्त गर्नुभयो भने उपप्रमुखमा कुशवाहले ५ हजार ३ सय १ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

नगर प्रमुख यादका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र प्रसाद कुशवाहले ४ हजार ७ सय ५२ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उप प्रमुख कुशवाहको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामशखी देवीले ४ हजार ४ सय ९३ मत प्राप्त गर्नुभयो ।

नगर प्रमुखमा पराजित कुशवाह यसअघि मधेस प्रदेशका प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । मेयरमा उम्मेदवारी दिनका लागि उहाँले सांसद पदबाट राजीनामा दिनुभएको थियो ।