
काठमाडौं । नेकपा(एमाले)का सांसद रामवीर मानन्धरले काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती मौलाएका कारण जनताले राजनीतिक दलहरुलाई भोट नदिएको बताउनुभयो ।
उहाँले स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंबासिले परिक्षण गर्न खोजेको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘पाँच वर्षसम्म जनताले के सोचे भने आफ्नो केही काम परेर वडामा जाँदाखेरी त्यहाँ ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता सबै काममा दुःख पाए सबै जनताले । अनि पार्टीका मान्छेहरुले हामीलाई दुःख दियो भन्ने एउटा जनतामा मैले सुनेको आभाष पाएँ । त्यसकारणले यो पार्टीमा लागेका वडा अध्यक्ष, मेयरहरुले दुःख दिएको कारणले गर्दाखेरी एकपटक हेरौँ न त पार्टी भन्दा स्वतन्त्र कस्तो हुँदोरहेछ भनेर टेस्टको रुपबाट गरेको जस्तो मलाई लाग्यो । दुई, चार जनाको भोट हो र अन्र्तघात भनेको । दुई, चार सयले हारजित भएको हो र ? त्यसकारण हजारौँ होइन लाखौँ जनताको मतलाई अन्र्तघात भन्छ भने अन्र्तघात स्वीकार्नुपर्छ फेरी ।’
उहाँले लाखौँ जनताले स्वतन्त्र उम्मेदवारलाई मत दिइसकेपछि त्यसलाई पार्टी भित्रको अन्र्तघातको कारण त्यसो भएको भन्न नमिल्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्