१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैशाखी टेकेर सगरमाथा आधार शिविर (भिडियोसहित)


130
Shares

काठमाडौं । पक्षघात निको भएको आठ वर्षपछि एक युवा बैशाखीको भरमा सगरमाथा आधारशिविर पुगेका छन् ।

लामो समयदेखि पीडादायी दुखाइ सहिरहेका वेल्सका जेमी म्याकन्सले ११ दिनको पदयात्रापछि समुद्न सतहबाट ५ हजार ३ सय ६४ मिटरमा रहेको सगरमाथा आधार शिविर पुगेका हुन् ।

बीबीसी रेडियो वेल्ससँगको कुराकानीमा जेमीले सगरमाथा पुग्ने आफ्नो सात वर्षदेखिकाे सपना साकार भएकाे भन्दै त्यहाँ पुग्दा एकदमै भावुक भएको बताए ।

२०१४ जनवरी ६ मा ओछ्यानमा सुत्न गएका जेमी भोलिपल्ट बिहान उठ्दा मेरुदण्ड फुटेको थियो । जसका कारण कम्मरभन्दा तलको भागमा पक्षघात भयो ।

जेमीको रोग पत्ता लगाउनै १३ महिना लागेको बीबीसीले जनाएको छ । यो रोगको उपचार नभए पनि समयसँगै विस्तारै सुधार हुने समाचारमा उल्लेख छ ।

समयसँगै जेमीमा सुधार आउँदै गयो । हिड्नको लागि प्रयासरत उनी अझै पनि बैसाखीमै निर्भर छन् ।

सगरमाथा आधार शिविरको पुगेको स्मरण गर्दै उनले भने, ‘टोलीमा भएका अन्य सदस्यले खुट्टा कहाँ राख्ने मात्रै सोचे पुग्थ्यो भने मैले मेरो खुट्टा र बैसाखी कहाँ राख्ने भनेर सोच्नुपर्थ्यो ।’

जैमी आधार शिविर पुगेपछि आफ्नो मृत बुवा र भजिजालाई श्रद्धाञ्जली दिन रोकिएका थिए ।

‘मैले पूरै यात्रामा उनीहरूलाई सम्झिएँ,’ उनले थपे, ‘मेरो सपनाको ठाउँमा जाँदा उनीहरूलाई सम्झनु मेरो आफ्नै लागि पनि सुन्दर कुरा हो ।’