१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलालीको धनगढी उपमहानगरमा मेयरमा हमालकाे अग्रता कायमै


949
Shares

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिमा मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राख्नुभएकाे छ।

हाल धनगढी उपमहानगरपालिकामा मतगणना जारी रहेकाे छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ४२ हजार २ सय ३० मतगणना भएको छ। अब २१ हजार ४ सय ८५ मत गणना हुन बाँकी रहेकाे छ। आज (शुक्रबार) बिहान ७ बजे सार्वजनिक भएको मत परिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १९ हजार १ सय ४७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार नृपबहादुर वडले ९ हजार ५ सय ५७ मत प्राप्त गर्नुभएको छ। साथै नेकपा एमालेका मेयरका उम्मेदवार रणबहादुर चन्दले ४ हजार ६ सय ६४ मत प्राप्त गर्नुभएको छ। हमाल र वडबीच ९ हजार ५ सय ९० मतको अन्तर रहेकाे छ।

त्यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८ हजार ८ सय १५ मतका साथ अग्रता लिइरहनुभएकाे छ । नेकपा एमालेकी उपमेयर कन्दकला रानाले ८ हजार १ सय ४१ मत प्राप्त गर्नुभएको छ। साथै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म वडा नम्बर १, २, ३, ४, १५, १६, १७, १८ र १९ को मतगणना सम्पन्न भएको छ।

गत वैशाख ३० गते शुक्रबार भएको स्थानीय तहकाे निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १ सय ५१ मतदातामध्ये ६३ हजार ७ सय १५ जनाले मतदान गरेका थिए।