१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काभ्रेको पनौती नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


169
Shares

काठमाडौं । काभ्रेको पनौती नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका रामशरण भण्डारी र उपमेयरमा नेकपा एमालेकी गीता बन्जारा विजयी भएका छन् ।

काभ्रेको पनौती नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रामशरण भण्डारी १४ हजार ५० मत प्राप्त गरेर विजयी हुनुभएको हाे। उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मेयरका उम्मेदवार भिम न्यौपाने ११ हजार ७ सय ८३ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ। साेही नगरपालिकाकाे उपमेयरमा भने नेकपा एमालेकी गीता बन्जारा १२ हजार ३ सय ३७ मत प्राप्त गरेर विजयी हुनुभएको छ।

उहाँका निकटतम प्रतिद्धन्द्धी एकीकृत समाजवादीका छविलाल हुमागाई १० हजार ३ सय ८८ मत प्राप्त गरेर पराजित हुनुभएकाे हाे ।